डेँगुबाट बच्न सडक नाटक तथा पोष्टरावलोकन

सफल खबर संवाददाता

आइतबार, ०५ असोज २०७६, ०७ : २२
डेँगुबाट बच्न सडक नाटक तथा पोष्टरावलोकन

चितवन । गैंडाकोट र चितवनका विभिन्न स्थानमा डेँगु रोग सम्बन्धि सचेतना मुलक सडक नाटक तथा पोष्टरावलोकन कार्यक्रम गरीएको छ ।

नेवा पत्रकार राष्ट्रिय दबु चितवन, इम्पल्स इजुकेसनल कन्सलटेन्सी नारायगढ र लियो क्लब अफ गैडाकोट मौलाकालिका एवं चितवन,  सिएमसी बिपीएच समुहको सहयोगमा सडक नाटक तथा पोष्टरावलोकन गरीएको हो  । 

गैडांकोटको कांग्रेसचोकबाट सुरु भएको सडक नाटक तथा  पोष्टरावलोकन भरतपुरको गितानगर, चौबिसकोठी, गणेशस्थानमा गई समापन भएको थियो । पछिल्लो समय चितवन लगायत देशैभरी महामरीको रुपमा फैलिरहेको डेँगु रोगको नियन्त्रण तथा सचेतनाका लागि शनिबार कार्यक्रम गरीएको नेवा पत्रकार रा.दबु चितवनका अध्यक्ष कमलमान श्रेष्ठले जानकारी दिए ।

 डेँगु महामारीको रुपमा फैलिरहेको अवस्थामा समुदायस्तरमा गएर फरक रचनात्मक तरिकाले सचेतना गराउने उध्ेश्यले कार्यक्रम गरीएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस