गोंगबु क्षेत्रमा प्रहरीको सर्च अभियानः ४३ जना समातिए

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, २१ : ३६
गोंगबु क्षेत्रमा प्रहरीको सर्च अभियानः ४३ जना समातिए

फाईल फोटो

काठमाडौं ।  राजधानीको गोंगबु क्षेत्रमा प्रहरीले विशेष सर्च अभियानलाई तीब्र बनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा नयाँ इन्चार्जको रुपमा डीएसपी उमेश लम्साल आएसँगै सर्च अभियान तीब्र बनाइएको हो । 

प्रहरीले अवैध यौन धन्दामा संलग्नहरु, जुवाने, गुन्डागर्दीमा संलग्न तथा बिचौलियालाई नियन्त्रणमा लिने रणनीतिका साथ अभियान सञ्चालन गरेको हो । 

जसअनुसार शनिबार गोंगबु क्षेत्रका विभिन्न स्थानबाट ४३ जना पक्राउ परेका छन् । जसमा १४ जना जुवाडे समेत रहेका छन् । 

उनीहरुमध्ये साथबाट ९ जनाको समूहबाट रु ८७००० र ५ जनाको समुहबाट ११००० हजार नगदसहित तास बरामद भएको छ । 

यस्तै गोंगबुका होटल, लज तथा खाजाघरहरु सर्च गर्ने क्रममा पनि थप व्यक्तिहरु पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रमुख उमेश लम्सालले जानकारी दिए । 
नियन्त्रयणमा रहेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस