आमा आयुर्वेद सेवा प्रालिमा दश दिने स्वास्थ्य शिविर हुने

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०७६, १७ : ५१
आमा आयुर्वेद सेवा प्रालिमा दश दिने स्वास्थ्य शिविर हुने

चितवन । आमा आयुर्वेद सेवा प्रालि पुलचोकले विजया दशमी २०७६ को उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । नारायणगढको न्युरोडमा रहेको सेवा प्रालिले आयुर्वेद परिसरमा असोज ६ गते सोमबारदेखि असोज १५ गते बुधबारसम्म दश दिने स्वास्थ्य शिविर गर्न लागेको हो । 
शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणसहित सम्पूर्ण सेवाहरुमा विशेष छुटको व्यवस्था रहेको सेवा प्रालिले जनाएको छ । शिविरमा आयुर्वेद विशेषज्ञहरुबाट स्वास्थ्य जाँच गरिने छ । 
शिविरमा पेट, मानसिक, छाला, यौन, नाँक, कान, घाँटी हाडजोर्नी, नशा, मलद्धार, स्त्री तथा प्रशुती, श्वास प्रश्वास, सुगर, प्रेसर, थाइराइड लगायतका रोगहरुको स्वास्थ्य चेक जाँच हुने छ ।

आमा आयुर्वेदका अनुसार शिविरमा क्षारसुत्र, ल्याब (प्याथोलोजी) र पञ्चकर्म सेवामा ४० प्रतिशत छुट हुनेछ । त्यस्तै फार्मेसी (औषधी)मा १० प्रतिशत छुट हुने, निःशुल्क सुगर परिक्षण गरिने र ७ सय ५० रुपैयाँमा थाइराइड चेक हुने छ ।

प्रतिक्रिया दिनुहोस