ट्रकले म्याजिकलाई ठक्कर दिदा ४ जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०७६, २० : ०२
ट्रकले म्याजिकलाई ठक्कर दिदा ४ जना घाइते

चितवन । ट्रकले म्याजिकलाई ठक्कर दिदा चितवनमा ४ जना घाइते भएकाछन । 

घाईते हुनेहरुमा इच्छाकामना गाउपालिका ६ कि ३७ बर्सिय सरिमाया गुरुङ, सोही स्थानका ३५ बर्सिय प्रेम गुरुङ,म्याजिक चालक तनहु भानु गाउपालिका स्थाई घर भै हाल भरतपुर महानगरपालिका १० बस्ने ५० बर्सिय टेक बहादुर सुनार र गोरखा मनकामना गाउपालिका ३ का ५६ बर्सिय हिराकाजी छेत्री रहेका छन । 

उनिहरु सबैको भरतपुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका २९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना १ ज ८४२८ नम्बरको म्याजिकलाई बिपरित दिसातर्फबाट गैरहेको लु २ ख ६७३ नम्बरको ट्रकले आज साझ ५ बजे ठक्कर दिदा उनिहरु घाइते भएका हुन । 

दुबै सवारिसाधान र ट्रक चालक प्रहरिको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस