महिला समूहद्वारा टोल सरसफाइ

शुक्रबार, ०३ असोज २०७६, १५ : ४९
महिला समूहद्वारा टोल सरसफाइ

चितवन । भरतपुर–७ उज्जवल टोलमा रहेको कालिका महिला समूहले संविधान दिवसको अवसर पारेर सरसफाई गरेको छ । प्रेमबस्ती माध्यामिक विद्यालय पछाडीको प्लटिङ लगायतका क्षेत्रको सडक वरपर सरसफाई गरेका हुन् । समूहकी अध्यक्ष गंगादेवी पौडेलले सडक आसपासमा रहेका झाडी सफा गरिएको बताइन् ।

“चाडपर्व नजिकिएकाले साप्ताहिक सरसफाई अभियान सुरु गरेका छौँ”, उनले भनिन्, “टोलभित्रका हरेक घर वरपर नियमित सरसफाई गरिनेछ ।” उनका अनुसार छठ पर्वसम्म हरेक हप्ता सामूहिक सरसफाई गरिनेछ । महिला समूहको कार्य क्षेत्रभित्र करिव १ सय घरधुरी छन् । महिला समूहले टोलभित्रका बिग्रेका सडक बत्ती छिटै मर्मत गर्न पहल गर्ने जनाएको छ । 

समूहकी सचिव कमला अधिकारीले असोज १५ गते समूहको पहिलो साधरणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने बताइन् । कोषाध्यक्ष रञ्जु पाण्डेले १४ गते टोलस्तरीय दौड प्रतियोगिता गरिने बताइन् । दौड प्रतियोगितामा स्कुले विद्यार्थी, महिला, पुरुष सहभागि हुनेछन् ।

प्रतिक्रिया दिनुहोस