असोज १० गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, २१ : २०
असोज १० गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंक्को मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नोट वितरण हुने नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तै राष्ट्रि बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेडका उपत्यकाका विभिन्न शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गरिने छ । राष्ट्र बैंकले यो वर्ष रु ५, रु१०, रु२०, रु५० र रु १०० का एक–एक पाटेक गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५०० रुपैयाँ नयाँ नोट उपलब्ध गराउने भएको छ ।

विगतका वर्षहरुमा बैंकले रु ५,रु१० र रु२० का दुई–दुई पाकेट नयाँ नोट उपलब्ध गराउने गरेकोमा यसवर्ष परिमाण घटाएको हो । 

हाल तोकिएको भन्दा बढी रकम आवश्यक परेमा नयाँ नोट नभइ सुकिला नोट सटही सुविधा दिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस