६५ हजार घुस रकमसहित वन अधिकृत नियन्त्रणमा

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०७६, १९ : ४०
६५ हजार घुस रकमसहित वन अधिकृत नियन्त्रणमा

बुटवल । नवलपरासी (सुस्ता पश्चिम) बाट ६५ हजार घुस रकमसहित दुई जनालाई अख्तियार कार्यालय बुटवलको टोलीले आज पक्राउ गरेको छ ।

सब डिभिजन कार्यलय नवलपरासीका सहायक वन अधिकृत पर्शुराम चौधरीलाई ६५ हजार घुससहित पक्राउ परेका हुन् ।

उनीसँगै वन कार्यलय रहेको भवनका घरधनी मनोज कुमार शर्मालाई पनि पक्राउ गरिएको छ । सहायक बन अधिकृत चौधरीले सेवाग्राहीको मुद्धा मिलाइदिने भन्दै रकम मागेका थिए ।

उक्त रकम घरधनी माफर्त ल्याउने क्रममा प्रकाऊ गरीएको छ । उनीहरुलाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । दुवैलाई अहिले बुटवलम राखेर बयान लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस