चितवन । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तरदायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन (ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो ।
कलेजले विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ । अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो ।
हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषणा उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितव अन्तर्गत विभिन्न काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०७६, १२ : ०६
लेखकबाट थप