प्रियंका र दीपाले गरे ग्यालेक्सी डान्स स्कुलको शुभारम्भ

विहीबार, १८ माघ २०७४, १५ : ३७
प्रियंका र दीपाले गरे ग्यालेक्सी डान्स स्कुलको शुभारम्भ

काठमाडौं । अभिनयमा करियर बनाउनेको प्रतिभा निखार्ने उद्देश्यले  मन्डिखाटरमा उच्चस्तरको ‘ग्यालेक्सी डान्स स्कुल’ संचालनमा आएको छ । स्कुलको बिहिबार अभिनेत्री प्रियंका कार्की र दीपाश्री निरौलाले संयुक्त उद्घाटन गरे ।

कार्यक्रममा अभिनेत्री तथा निर्देशक दीपाले चलचित्र क्षेत्रमा नृत्यमा परङ्गत कलाकार अभाव रहेको उल्लेख गर्दै त्यसतमो प्रतिभा स्कुलले दिनु पर्नेमा बताइन् ।

अभिनेत्री प्रियंकाले नृत्यलाईनै तारखेर गरेर स्कुल खोलिनु चलचित्र र समग्र कलाक्षेत्रका लागि लाभदाय हुने बताइन् । उनले स्कुलले अब छिट्टै चलचित्रका लागि प्रतिभावान कलाकार दिनु पर्ने बताइन् ।
समग्र कलाक्षेत्र र अन्तराष्ट्रिय स्तरमा समेत तारगेट गरेर आफुले स्कुल संचालनमा ल्याएको स्कुलका अध्यक्ष प्रकाश घलेले जानकारी दिए । स्कुलमा क्लासिक, आधुनिक, हिपअप लगायतका देश तथा बिदेशमा चलेका प्राय सबै नृत्यहरुको प्रशिक्षण हुनेछ । 

प्रतिक्रिया दिनुहोस