दोश्रोपटक सिंगापुरबाट मन्त्रिपरिषद बैठक

सफल खबर संवाददाता

मंगलबार, १७ भदौ २०७६, १५ : ०६
दोश्रोपटक सिंगापुरबाट मन्त्रिपरिषद बैठक

काठमाडौं l सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत दोश्रो पटक क्याविनेट सदस्यहरुसँग छलफल गरेका छन् । आज १ बजेर १० मिनेटदेखि प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका हुन् । 

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने छलफल गरेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

यसअघि पनि प्रधानमन्त्री ओलीले टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रीहरुसँग सिंगापुरबाटै छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस