राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

रासस

सोमबार, १६ भदौ २०७६, २१ : २०
राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

काठमाडौं । पपूर्वसचिव भीम उपाध्याय र उहाँका पत्नी ललिता उपाध्यायले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ७१ हजार आर्थिक सहयोग गर्नुभएको छ । केन्द्रलाई आर्थिक सहयोग गर्नुहुने उहाँ पहिलो पूर्वसचिव रहनुभएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिनुभयो ।

केन्द्रले सूचना प्रविधिलगायत नवीनतम् आविष्कारका क्षेत्रमा नवीनतम् काम गरिरहेको छ । प्रमुख पुनले विश्वप्रसिद्ध म्यागेसेसे पुरस्कार प्राप्त गर्नुभएको छ ।

आर्थिक अभावमा उहाँका ज्ञान र सोचलाई व्यावहारिक कार्यान्वयन गर्न समस्या परिरहेको जनाइएको छ । पूर्वसचिव उपाध्यायले भन्नुभयो, “पुनका ज्ञान, सीप र दक्षतालाई कार्यान्वयन गर्न आर्थिक अभाव हुन दिनुहुँदैन, यसका लागि सरकार र आम नागरिकले आआफ्नो क्षेत्रबाट जतिसक्दो सहयोग गर्नुपर्छ, सानो सहयोग मात्र मैले गरेको हुँ ।”

वरिष्ठ इञ्जिनीयर पूर्वसचिव उपाध्यायले केन्द्रका गतिविधिका बारेमा जानकारी लिँदै आगामी दिनमा केन्द्रलाई सहयोग गर्न आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने बताउनुभएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस