उपनिर्वाचनको लागि दल दर्ता गराउन निर्वाचन आयोगको आह्वान

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०७६, १५ : ००
उपनिर्वाचनको लागि दल दर्ता गराउन निर्वाचन आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यको उपनिर्वाचनको लागि दल दर्ता गराउन आह्वान गरेको छ । 

आयोगका अनुसार नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका दलले दल दर्ता गराउनु पर्ने छैन । तर, सोही ऐनको दफा १० बमोजिम एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलहरुले भने दल दर्ता गराउनु पर्ने आयोगका प्रवक्ता शंकर प्रसाद खरेलले जानकारी दिए ।  सोअनुसार एकीकृत भएका नेकपा, समाजवादी पार्टी र राप्रपा संयुक्तले दल दर्ता गराउनुपर्नेछ । 


आयोगले गत साउन १६ गते ९भोजपुर जिल्ला पौवादुङमा गाउँपालिका १ को हकमा साउन ४०सम्म मतदाता नामावलीमा नाम दर्ता भई सोही मितिसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा भाग लिन पाउने जनाएको छ । 
उपनिर्वाचनको मिति घोषणा भएको दिनसम्मको मात्र अन्तिम मतदाता नामावलीमा नाम समावेश हुने भएकोले सो मिति पश्चात १८ वर्ष उमेर पूरा भएका, नाम दर्ता गरेका वा नाम सार्नको लागि निवेदन दिएका मतदाताहरुको नाम यो उपनिर्वाचन प्रयोजनका लागि तयार गरिने अन्तिम मतदाता नामावलीमा समावेश नहुने पनि आयोगले जनाएको छ । 


दल दर्ताको लागि निवेदन दिँदा खुलाउनु पर्ने विवरणः
क।    दलसम्बन्धी विवरण ९राजनीतिक दलको नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, दलको पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति र स्थान, केन्द्रीय कार्यालय रहेको ठेगाना, टेलिफोन, इमेल ठेगाना र वेबसाइट०
ख।    दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको सङ्ख्या,
ग।    आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति,
घ।    दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको निर्वाचन भएको भए पछिल्लो निर्वाचन भएको मिति,
ङ।    भाग लिन चाहेको उपनिर्वाचनको नाम ९प्रतिनिधि सभा सदस्य÷प्रदेश सभा सदस्य÷स्थानीय तह सदस्य०
च।    यसभन्दा अघिको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिन्हको सट्टा अर्को निर्वाचन चिन्ह लिन चाहने दलले लिन चाहेको कुनै तीनवटा निर्वाचन चिन्ह ९प्राथमिकता क्रमअनुसार०,
छ।    राजनीतिक दलको संगठनात्मक स्वरुप ९केन्द्रीयस्तर र प्रदेशस्तर छरछैन०


दल दर्ताको निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरुः
क।    दलको विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रति,
ख।    निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
ग।    आ।व। २०७४÷७५ सम्मको वार्षिक लेखापरीक्षण प्रतिवेदन, तर
    १। आर्थिक वर्ष २०७४÷७५ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन,
    २। आर्थिक वर्ष २०७५÷७६ मा एकीकरण भई वा गाभिई नयाँ काम भएका दलले आर्थिक वर्ष २०७४÷७५ को लेखापरीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन,
घ।    दलको प्रमुख पदाधिकारी बाहेक अधिकार प्राप्त व्यक्तिले निवेदन दिने भएमा प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकारपत्र ।

प्रतिक्रिया दिनुहोस