काठ चोरीको आरोपमा पाँच जना पक्राउ

शुक्रबार, १३ भदौ २०७६, १७ : ४२
काठ चोरीको आरोपमा पाँच जना पक्राउ

चितवन । डिभिजन वन कार्यालय चितवनले सालको काठ चोरीको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

भरतपुर–१ मा रहेको सतनचुली सामुदायिक वनमा सालको गोलिया चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

डिभिजन वन कार्यालय, सतनचुली सामुदायिक वन र इलाका प्रहरी कार्यालय रामनगरको संयुक्त प्रयासबाट उनीहरुलाई गरिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

पक्राउ पर्नेमा माडी नगरपालिका वडा नं ८ बस्ने वर्ष २८ का अमन गुरुङ, इच्छाकामना गाउँपालिका वडा नं ७ बस्ने वर्ष २४ का सुकबहादुर चेपाङ, भरतपुर १ बस्ने वर्ष २७ का गणेश थापा, भरतपुर ३ बस्ने ३० वर्षका सूर्य लामा र भरतपुर १ बस्ने १८ वर्षकी जुना पाण्डे रहेका सूचना अधिकारी पौडेलले बताए । प्रहरीले उनीहरुबाट साल जातको चार थान गोलिया ४५ः१३ क्यूफिट काठ बरामद गरेको थियो ।

उनीहरुलाई बा ११ च ८९४८ नंको बोलेरो गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । वनले उनीहरुलाई आजै जिल्ला अदालत भरतपुरमा पेस गरेको थियो । अदालतबाट अनुसन्धानको लागि १० दिनको म्याद थप भएको वनले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस