१२ वर्षपछि जापानको ओसाका पुग्यो नेपाली जहाज

सफल खबर संवाददाता

शुक्रबार, १३ भदौ २०७६, ०७ : ११
१२ वर्षपछि जापानको ओसाका पुग्यो नेपाली जहाज

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजले १२ वर्षपछि जापानको आसाका उडान गरेको छ । 
नेपाल एयरलाइन्सले वाइडबडी एयरबस३३०–२०० जहाज काठमाडौं–ओसाका–काठमाडौं उडान पूरा गरी बिहीबार साँझ काठमाडौं अवतरण गरेको छ । 
बिहान साढे २ बजे काठमाडौंबाट ओसाकाका लागि उडेको विमान बिहीबार साँझ ७६ जना यात्रु बोकेर भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । 
काठमाडौं–जापान सीधा उडान सफलतापूर्वक सम्पन्न भएसँगै निगम पुरानो युगमा फर्किने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस