छाेरी मारेर भाग्ने बाबु १९ वर्षपछि समातिए

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, २१ : २५
छाेरी मारेर भाग्ने बाबु १९ वर्षपछि समातिए

रुपन्देही । रुपन्देहीमा प्रहरीले छोरीको हत्या गर्ने बावुलाई १९ बर्षपछि प्रकाऊ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  जिल्लाको  गैडहवा गाउँपालिका बडानम्बर ६ गुलरिया बस्ने पुर्णवासी लोनियालाई  आफै १५  बर्षिय छोरीको हत्या गरेको अभियोगमा प्रकाउ गरिएको छ ।

प्रहरीका अनुसार ६३ बर्षिय  लोनीयाले २०५४ साल साउन २३ गते आफै घरमा छोरी १५ बर्षिय  कान्ती लोनीयालाई हत्या गरेर फरार रहेका थिए । उनले आफनो घरमा हत्या गरी घरदेखि अन्दाजी १ किलोमिटर टाढाको दुरीमा रहेको घाटमा आफैले बोकी लगी खाल्टो खनी पुरेको प्रहरीले अनुसन्धानबाट खुलेको थियो ।

हत्या गर्नु अधि पनि छोरीलाई पटक पटक कुटपीट गरेको स्थानीयले देखीका थिए । कर्तब्य ज्यान मुद्धामा अनुसन्धान सम्पन्न भई मिसिल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पेश गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर भएको थियो । उनि १९ बर्षदेखी फरार थिए ।

प्रतिक्रिया दिनुहोस