१ लाख २० हजार घुससहित दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, २१ : १७
१ लाख २० हजार घुससहित दुई जना पक्राउ

काठमाडौं । मालपोत कार्यालय बुटवलका खरिदार जिवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे १ लाख २० हजार घुसहित पक्राउ परेका छन् ।

जग्गा नामसारी र लालपूर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग विभिन्न बहाना घुस मागेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवलबाट खटिएको उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई घुस वापतको रकम लिइसकेको अवस्थामामालपोत कार्यालय बुटवलअगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवाको कार्यालयबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस