कुटपिट गरी जवरजस्ती करणी गरेको आरोपमा चितवनबाट एक व्यक्ति पक्राउ

सफल खबर संवाददाता

विहीबार, १२ भदौ २०७६, १८ : ५८
कुटपिट गरी जवरजस्ती करणी गरेको आरोपमा चितवनबाट एक व्यक्ति पक्राउ

चितवन । कुटपिट गरी जवरजस्ती करणी गरेको आरोपमा चितवनको भरतपुरबाट एक व्यक्ति पक्राउ परेका छन् । दोलखा घर भई भरतपुर महानगरपालिका ३ बस्दै आएका २४ वर्षीय सुनिल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

उनले चितवनकी एक महिलालाई कुटपिट गरी घाइते बनाई जवरजस्ती करणी गरेको आरोप लागेको छ । घट्नाको सुचना पाउनसाथ खटिएको प्रहरी टोलीले सुनिललाई भरतपुर महानगरपालिका– २ आँपटारीबाट बुधवार पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए । 

सुनिललाई जवरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्धामा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस