चितवन प्रहरी प्रमुख मल्लको नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’

विहीबार, १२ भदौ २०७६, १५ : ००
चितवन प्रहरी प्रमुख मल्लको नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’

काठमाडौं । चितवन प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली ‘अश्लिल स्टाटस’ राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नक्कली फेसबुक एकाउन्ट खोली अश्लिल स्टाटस र फोटो पोष्ट गर्ने कार्यमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।  आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले खोलिएको नक्कली अकाउन्टबारे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट अनुसन्धान भइरहेको एसपी मल्लले बताए । घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरमा ल्याउने एसपी मल्लले बताएका छन् ।

कम्प्युटर, इन्टरनेट विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामग्री वा कसैप्रति घ्रणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई रु १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ ।

विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका अपराधिक कार्यलाई साइबर अपराध मानिन्छ । 

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइने क्षतिलगायत अवैधानिक कार्य पनि साइबर अपराध हो । 
 

प्रतिक्रिया दिनुहोस