नेपालको कम्यूनिष्ट आन्दोलन बिशिष्ट चरणमा प्रवेष गरेको छ : प्रचण्ड

बुधबार, २९ कार्तिक २०७४, ११ : २५
नेपालको कम्यूनिष्ट आन्दोलन बिशिष्ट चरणमा प्रवेष गरेको छ : प्रचण्ड

भरतपुर । नेपालको कम्यूनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको बताउँदै छिट्टै एउटै शक्तीसाली कम्यूनिष्ट पार्टी बन्ने बताउन भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं.३ का उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्डले दराइ समुदायको परिवर्तनकारी आन्दोलनमा महत्वपूर्ण र बिशिष्ट भूमिका रहेको बताउँदै कम्यूनिष्ट हरूलेमात्र सम्पुर्ण सोसित, उत्पिडित समुदायको हक, हित र अधिकारको रक्षा र प्रवर्धन गर्ने बताउनुभयो । नेपाल लोकतान्त्रिक दराइ संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चा द्वारा बुधवार भरतपुरमा आयोजित संयूक्त कार्यक्रमलाइ सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले आसन्न निर्वाचन राष्ट्रको भाग्य र भविष्य सँंग जोडिएको बिषय भएको बताउँदै वामपन्थी गठवन्धनका सम्पूर्ण उम्मेद्वार हरुलाई निर्वाचन हार्ने छुट नभएको बताउनुभयो । वामपन्थिहरूको शक्तिसाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको बिकास सम्भवभएको बताउँदै सम्पुर्ण जनसमुदायलाई वाम गठबन्धनका उम्मेद्वारहरूलाई मतदान गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता तथा प्रचण्ड विजयी अभियानका उप संयोजक देबी ज्ञवालिले नेपालको सबै परिवर्तकालीन  आन्दोलनमा दराइसमुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै सबै उत्पिडित समुदायको सपनासाकारहुने दिन छिट्टै आउने बताउनुभयो । सो अवसरमा समानुपातिक उम्मेद्वार मंगलराम दराइ, पुर्व सभासद सन्तुराम दराइ       लगाएत का दराइ अगुवाहरूले वाम गठबन्धनका उम्मेद्वारहरूलाई मतदानगरि विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
१५ सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस
नयाशक्ति नेपालका केन्द्रिय सेक्रेटियट सदस्य तथा लोकप्रिय किसान नेता ठाकुर चापाकाइ ,सान्ति चापागाँइ, खुसीराम पौडेल, प्रसान्त बानिया, निसान रानाभाट, बिनोद रसाइली ,बसन्ती काफ्ले, अविषेक क्षेत्री, सुरज कुँवर, विकास अधिकारी केन्द्रिय सदस्यहरू भगत पौडेल, रामु गौतम, बिनोद न्यौपाने, समिर गुरूङ गरी २५ जना सचिबालय सदस्य र ९९ केन्द्रिय सदस्य माओवादी केन्द्रमा प्रवेष गरेका छन् । राप्रपा र अन्यपार्टीहरू छोड्दै शिव कुमार सापकोटा, आसिका भण्डारी, कमलबहादुर भण्डारी, कमल चौलागाइ, सरस्वती पौडेल ,जानुका तिमिल्सिना लगाएतका ४ सय बढी नेता कार्यकर्ता हरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्दै टिका लगाएर पार्टी प्रवेष गराउनु भएको थियो  । त्यस्तै वामएकिकरणमा साथ दिन नेकपा मालेका उमेस दास, पवन झा लगाएतका केन्द्रिय सदस्यहरू माओवादी केन्द्रमाप्रवेस गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस