सुवासचन्द्र नेम्वाङ्को उपस्थितिमा चलचित्र ‘फल्ट’ घोषणा

बुधबार, १७ माघ २०७४, १८ : ०८
सुवासचन्द्र नेम्वाङ्को उपस्थितिमा चलचित्र ‘फल्ट’ घोषणा

काठमाडौं  । इञ्जोय मुभिजको ब्यानरमा चलचित्र ‘फल्ट’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र घोषणासहित विभिन्न पक्षबारे जानकारी दिइयो । पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङ्लाई अतिथि बनाउदै चलचित्र घोषणा गरिएको थियो ।

कार्यक्रममा पूर्वसभामुख नेम्वाङले चलचित्र क्षेत्रका उतारचढावलाई आफूले नजिकबाट नियाल्ने गरेको बताए । नेम्वाङले नेपाली कलाकारले विदेशी चलचित्रमा कमाएको ख्यातीबाट पनि आफू परिचित रहेको बताउँदै उनले पाकिस्तानको कराँची जाँदा कलाकार शिव श्रेष्ठको पोष्टर देख्न पाउँदा खुशी भएको सुनाए ।

चलचित्रमा शुभ आचार्य, देवराज अधिकारी, निशा श्रेष्ठ, अनिल थापा र सगुन पोखरेल प्रमुख भूमिका रहनेछ । फागुनको पहिलो साताबाट फ्लोरमा जाने चलचित्रमा सन्तोष काफ्लेको कथा, सुवास जिसीको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, विश्व देवकोटाको गीत र बासु बरालको छायाँकन रहनेछ ।

इलाम, झापा, मोरङ र काठमाडौंमा छायाँकन हुने चलचित्र सुवास जिसीले निर्देशन गर्न लागेका हुन् । २०७५को बैशाखभित्र चलचित्र रिलिज हुने निर्माण युनिटले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस