गोर्खामा धमिलिदै बाबुराम संग्सिदै नारायणकाजी

बुधबार, २९ कार्तिक २०७४, ०७ : ०५
गोर्खामा धमिलिदै बाबुराम संग्सिदै नारायणकाजी

जनयुद्द ताका होस या चुनावी माहोल होस गोर्खाको राजनीति जहिले पनि चर्चामा अाँउने गर्छ । गोर्खा निर्वाचन क्षेत्र नं २ मा माओवादी एमाले बाम गठबन्धनको तर्फबाट माओवादीका उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस गठबन्धनमा पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई चुनावी मैदान दौडिएका छन् ।

पहिलो संविधानसभाको निर्वाचनमा गोर्खा २ बाट अत्याधिक बहुमत ल्याएर विजय हासिल गरेका बाबुराम अहिलेकाे चुनाव सम्म आँउदा रन्थनिएका छन् । कम्यूनिष्ट छोडेर नयाँ शक्ति खोलेका बावुरामले आलोचनाका पहाड कुल्चदै कहिले वाम गठबन्धन त कहिले कतान्त्रिक गठबन्धन भन्दै फोहोरी राजनीति अंगालेको आरोप खेपिरहेका छन् ।

भारतपरस्त वावुराम भनेर जनयुद्दकालमा माओवादी पार्टी भित्रै रवाही खेपेका बावुराम अहिले माओवादीकै नारायकाजी श्रेष्ठ संग चुनावी घम्साघम्सिमा छन् । देशभरिकै सर्वाधिक मत ल्याएर विजयी बनेका डा भट्टराई अहिले गोर्खा २ मा सर्वाधिक मतअन्तरले हार्ने आँकलन राजनैतिक फिल्डमा गरिएको छ ।

पछिल्लो समय आफ्नो छविलार्इ नै डाउन पार्दै बावुरामको राजनैतिक बेइमानी पार्टी भित्रैबाट खेपिरहेका भटराइ दोश्रो संविधानसभामा रुपन्देहीमा एमालेका विष्णु पौडेलसँग पराजीत भए । गोर्खा १ मा विजय प्राप्त गरेका बाबुराम एकाएक संविधानसभाको सदस्य परित्याग गरी गोर्खाको मतदातालाई धोका दिएको आरोप खेपीरहेका उनी अहिले तीनै गोर्खाली जनतासँग नेपाली कांग्रेसको बुइ चढेर चुनावी अभियानमा राजावादी संगै हिडेर मत मागिरहेका छन् ।

जनयुद्दका बेला बावुरामको टाउको ल्याउनेलार्इ ५० हजार इनाम तोक्ने काँग्रेसका कार्यकर्ताले उनले मत दिने त कुरा नै आँउदैन भने हिजो अत्याधिक माया गरेका गोर्खाली मतदाताले अहिले मत देलान भन्ने कुरा ज्यादै न्यून देखिएको छ । यत नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त बाम गठबन्धनका उमेद्वार नारायणकाजी श्रेष्ठ गोर्खामा चर्चामा छन् ।

केहि आलोचना बाहेक राजनैतिक छवि नविगारेका उनि निर्वाचनमा होमीए पछि जनतामा उत्साह जगाएका छन् । दोश्रो संविधानसभा चुनावमा मकवानपुरबाट पराजीत श्रेष्ठ अहिले गोर्खाली जनतासँग प्रतिवद्धताको मित्तेरी लगार्इ रहेका छन् । बलियो जनाधार र संगठनको वर्चस्वका साथमा चुनावमा होमीएका श्रेष्ठको पक्षमा पछिल्लो समय माहौल निकै राम्रो देखिएको जानकार बताउँछन् ।

माओवादीको वलियो संगठन र देशव्यापी वाम गठबन्धनको पक्षमा बनेको माहौलले श्रेष्ठको जित सुनिश्चित बनाएको माओवादी नेताहरूले दावी गरेका छन् । नेपाली राजनीतिमा चतुर देखिएको माओवादी नेतृत्वको चलाकीले श्रेष्ठको पक्षमा बावुरामको नयाँ शक्तिकै ५ सय वढि कार्यकर्ता श्रेष्ठकै चुनावी परिचालन कमिटीबाट मतमागिरहेका ।

कम्यूनिष्ट सिद्दान्तबाटै चिप्लिएको आरोप खेपेका भटरार्इको विजय चुम्न फलामको च्युरा चपाए जस्तो हुने देखिएको छ । माओवादी जनयुद्धमा चर्चित बाबुराम र जनयुद्दमा सहभागि नभएका श्रेष्ठलार्इ गोर्खाका जनसमुदायले केलाएर ओर्कार्इ फर्कार्इ हेरर मत दिने निष्चिछ छ ।

राजनीतिमा छवि धमिल्याउदै गरेका बावुराम र स्वच्छ छवि बनाउदै गएका काजीलार्इ जनताले गहिरो गरेर हेरिरहेको देखिएको छ । तर वाम गठबन्धनको बर्चरस्व भएको गोर्खामा नारायणकाजी श्रेष्ठको जित भने सुनिष्चत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस