चितवन । केही दिन अघि पक्राउ परेका सन्देश फाउण्डेसनका संस्थापक गौरवबाबु ढकाललाइ विनासर्त रिहा गर्न फाउण्डेसनले माग गरेको छ । प्रहरीले विना प्रमाण पक्राउ गरेको भन्दै फाउण्डेसनले मंगलवार पत्रकार सम्मेलन गरी ढकाललाई रिहा गर्न माग गरेको हो ।
ढकाललाई पुर्वाग्राहि ढंगबाट पक्राउ गरी झुठा मुद्धा लगाएको फाउण्डेसनका कार्यक्रम संयोजक दिवाकर श्रेष्ठ र बुबा तोयानाथ ढकालद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा भनिएको छ । ढकालको पक्राउले सामाजीक अभियान्ता युवाहरुको मानमर्दन भएको उल्लेख छ ।
सामाजीक संघ संस्थामा युवाहरुलाई सक्रिय गराउदै सरसफाई लगायतका विभिन्न अभियान सञ्चालन गर्ने व्यक्तिले ठगि गर्न नसक्ने श्रेष्ठको दावी छ । यदि गल्ती भए सवैले थाहा पाउनेगरी प्रमाण सार्वजनिक गर्न उनको माग छ ।
ढकाललाई ठगिको आरोपमा काठमाण्डौबाट पक्राउ गरेको थियो । ढकालले प्रहरी र प्रमुख जिल्ला अधिकारीको नाममा विभिन्न स्थानमा ठगि गरेको अहिले म्याद थप गरेकाले पक्राउ गरेको प्रहरीले बताउदै आएको छ । अहिले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ साउन २०७६, १८ : ५१
लेखकबाट थप