लापाज । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एउटा यात्रुबाहक बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको थियो ।
बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस दुर्घटनाग्रस्त भएको थियो । यो बोलिभियाको दोस्रो ठूलो शहर हो ।
स्थानीय सञ्चार माध्यमका अनुसार मृत्यु भएकामध्ये ११ जना महिना र तीन जना पुरुष रहेका छन् ।
उक्त बस लापाजबाट अपोलो शहरतर्फ गइरहेको थियो । अपोलो क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्न स्वयंसेवी चिकित्सक र नर्सको टोली उक्त बसमा रहेको बताइएको छ ।
प्रहरीले बस दुर्घटनाका बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।(रासस-सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ साउन २०७६, १४ : ३८
लेखकबाट थप