घुस लिएको आरोपमा पक्राउ

रासस

सोमबार, २० साउन २०७६, २१ : २१
घुस लिएको आरोपमा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कँुवर र खरिदार नरराज पाण्डेलाई रु आठ हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ । 

दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि बनाउने प्रयोजनाका लागि घुस मागेको आयोगले आरोप लगाएको छ । दिव्यश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायब सुब्बा देउमान कडरियाले जग्गाको लालपुर्जा बनाइदिने भन्दै रु ५० हजार घुस मागेको आरोप छ । उनीहरुलाई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरिएको हो । 

प्रतिक्रिया दिनुहोस