"अब दलित समुदायको पानीमात्र होईन, रगत पनि चल्छ "

सोमबार, २० साउन २०७६, १८ : २८
"अब दलित समुदायको पानीमात्र होईन, रगत पनि चल्छ "

- अमिर रामदाम
चितवन । 
जातिय विभेदका कारण दलित समुदायले छोएको पानी नचलेको कुरा समाचार मार्फत सार्वजनिक भइरहेको बेला, चितवनमा दलित समुदायको पानीमात्र नभइ रगत पनि चलिरहेको छ भनेर भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले खुलेर प्रशंसा गरेका छन् । उनले आज सोमबार धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चद्वारा शहिदचोकमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा सो कुरा बताएका हुन् । उनले यो मञ्चलाई पछी आवश्यकता खण्डमा आफ्नो तर्फबाट भरपूर सहयोग गर्ने जिकिर गरे । 
अहिले हामी सबै मिलेर विधमान अवस्थामा रहेको जातिय विभेदलाई अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्न तर्फ लाग्नुपर्ने भरतपुर महानगरपालिका वडा नम्बर १ का कार्यवहाक अध्यक्ष राममाया पियाले जोड गरिन् । 
कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी विश्वकर्माले भने यो मञ्चले चलाएको समाजिक कदम प्रति खुलेर प्रशंसा गरिन् । उनले भरतपुर महानगरपालिकाको तर्फबाट चाहिने सहयोग जुनसुकै बेलामा पनि दिलाउन आफू तत्पर रहेको बताईन । 
त्यस्तै कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले यो मञ्च स्थापना भएको छोटो समयमा नै यस्तो उपलब्धि मूलक सामाजिक काम गरेकोमा खुलेर प्रशंसा गरेका छन् । 
कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य टेकलाल विश्वकर्मा,विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय महासचिव टुलक प्रसाद विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनको अध्यक्ष रूपा बराली, गुल्मी चितवन विश्वकर्मा मैत्री समाजको सल्लाहकार रविन्द्र पन्थी, धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका सल्लाहकारहरू टेकबहादुर विश्वकर्मा, ददिराम रामदाम लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा रक्तदान कार्यक्रमका संयोजक राजु विश्वकर्मा खातीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
त्यस्तै कार्यक्रममा मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने मञ्चका महासचिव अमिर रामदामले भने अग्रजहरूले दिनुभएको जिम्मेवारी स्वीकार गर्दै विभिन्न सामाजिक कार्यक्रमहरू ल्याउने समेत जानकारी दिए । 
सो बृहत खुल्ला रक्तदान कार्यक्रममा चार जना महिला सहित ७१ जनाले रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस