वाल्मीकिका विद्यार्थीबाट आदर्श गृहलाई सहयोग

सफल खबर संवाददाता

सोमबार, २० साउन २०७६, १६ : ५७
वाल्मीकिका विद्यार्थीबाट आदर्श गृहलाई सहयोग

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा रहेको आदर्श गृह नेपाललाई सोही वडामा रहेको वाल्मीकि शिक्षा सदनका विद्यार्थीले आर्थिक सहयोग गरेका छन् ।

वाल्मीकि शिक्षा सदको कक्षा १२ मा पढ्ने बिद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको रकम आज साउनको सोमबार पारेर आदर्श गृहमा नौ हजार आर्थिक सहयोग गरेका हुन् । आदर्श गृहकी सञ्चालिका मिना खरेल, शिक्षक प्रदिप पौडेल र गणेश ढकालको उपस्थितिमा विद्यार्थीहरुले आदर्श गृहमै गएर रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस