बौद्ध गुम्बाको नवनिर्मित गेट उद्घाटन, सिम्खडाको २ लाख सहयोग

सफल खबर संवाददाता

शनिबार, १८ साउन २०७६, २१ : ४०
बौद्ध गुम्बाको नवनिर्मित गेट उद्घाटन, सिम्खडाको २ लाख सहयोग

 चितवन । पूर्वी चितवन राप्ती नगरपालिका ७ मा रहेको साङ् छेवाङ् टासी बौद्ध गुम्बाको नव निर्मित गेट एक कार्यक्रम गरि सनिवार उद्घाटन गरिएको छ ।  वैदेशिक रोजगारीको शिलशिलामा लामो समय देखि जापान बस्दै आउनु भएका समाजसेवी बासु सिम्खडाको २ लाख सहयोगबाट निर्माण सम्पन्न सो गेटको उद्घाटन सिंखडाकी आमा गोमा सिम्खडाले रिबन काटेर गर्नु भएको थियोे ।  
सिम्खडाले आफ्नो गाउँ समाजलाई सहि दिसा तर्फ डोहो¥याउन बौद्ध गुम्बा र बौद्ध मार्गीले खेलेको भुमिका अतुलनीय रहेको जनाउँदै अझ् सशक्त रुपमा अहिंसाको माध्यमबाट लागि पर्न सम्पुर्णलाई अनुरोध समेत गर्नुभएको थियो  ।
छोरा बिदेशमा रहे पनि आफ्नो घर नजिकैको गुम्बाले गरेको गतिविधि नजिक बाट नियालिरहेको जनाउदै धार्मिक आस्था जे जस्तो भए पनि होस् छोराले गरेको मुल्यांकन र बिश्वास नटुटाइ दिन बौद्धमार्गीहरुलाई आग्राह गर्नुभयो । 
बौद्ध धर्म संस्कार अनुसार लामा गुरु पेमा संङ्गे लामाको बिशेष उपस्थिति, मन्त्र उचारण, गुम्बा परिक्रमा संगै पूजापाठ पश्चात् सिम्खडाले सहयोग रकम गुम्बाका अध्यक्ष राजेश रुम्बालाई हस्तान्तरण गर्नु भएको थियो । गुम्बाका सदस्यहरुले सिंखडालाई फूल माला र खादा ओढाइ सम्मान समेत  गरेका थिए ।  
कुनै पनि सरकारी निकायबाट बजेट पार्न नसकेको अवस्थामा समाजसेवी बासु परिवारले केहि समय अघि सहयोगको प्रतिबद्धता जनाएका थिए । गेट निर्माणका लागी स्थानिय सरकारको तर्फबाट पनि वडाले २ लाख विनियोजन गरेको थियो । वडाको बजेटले कम्पाउण्ढको काम सके संगै गेट पनि निर्माण सम्पन्न भएकोले वडा कार्यलयलाई र समाजसेवी सिंखडालाई गुम्बा अध्यक्ष राजेश रुम्बाले धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस