एजेन्सी । ‘२००६ क्यूक्यू २३’ नाम दिइएको क्षुद्रग्रह अगष्ट १० मा पृथ्वीको अत्यन्त नजिक आउँदैछ । नासाका अनुसार क्षुद्रग्रहको व्यास १८७० फिट छ ।
यो सामान्यताभन्दा ठूलो आकारको क्षुद्रग्रहमा पर्ने वैज्ञानिकले बताएका छन् ।
तर यसले पृथ्वीलाई कुनै खतरा नपु¥याउने वैज्ञानिकहरुले बताएका छन् । नासाको ग्रह प्रतिरक्षा समन्वय कार्यालयमा कार्यरत लिण्डले जोनसन र केली फास्टका अनुसार यो क्षुद्रग्रहको परिपथ पृथ्वीतर्फ नभएकाले डराउनुपर्ने अवस्था छैन ।
जोनसन र फास्ट नासाको ‘पृथ्वीका नजिकका अन्तरिक्ष वस्तु’ पहिचान गर्ने समूहका सदस्य हुन् । यसमा मुख्यत हाम्रो सूर्य परिक्रमा गर्ने क्षुद्रग्रह र पुच्छ्रे ताराको अवलोकन गरिन्छ ।
तिनले ती वस्तुलाई अवलोकन गरेर तिनले पृथ्वीलाई ठक्कर दिने सम्भावनाको मापन गर्छन् र आवश्यक परेमा तिनको परिपथ बदल्न सुझाव दिन्छन् ।
जोनसनका अनुसार हाल पृथ्वीको नजिक भएर गुज्रिन लागेको क्षुद्रग्रह २००६ क्यूक्यू२३ बाट कुनै खतरा छैन । उक्त क्षुद्रग्रह मध्यम आकारको भएता पनि त्यो पृथ्वीको ५० लाख माइलमाथिबाटै टाढिन्छ ।
उनका अनुसार यो आकारको क्षुद्रग्रह प्रत्यक वर्ष झण्डै आधा दर्जन वटा पृथ्वीको नजिक भएर गुज्रिन्छन् । सूर्यलाई परिक्रमा गर्ने सबैभन्दा ठूलो क्षुद्रग्रहको लम्बाई २१ माइल छ । जवकि त्यो आकारको क्षुद्रग्रह एकदमै थोरै छन् ।
जोनसन र फास्टआबद्ध नासाको ‘नियर अर्थ अब्जेक्ट अव्जरभेसन्स प्रोग्राम’ले एक किमीभन्दा बढी व्यास भएको झण्डै ९०० वटा क्षुद्रग्रह पहिचान गरिसकेको छ ।
क्षुद्रग्रह जति सानो भयो त्यसको संख्या त्यति धेरै हुदैं जान्छ तर साना क्षुद्रग्रह हाम्रो वायुमण्डलमा प्रवेश गरेपछि जलेर नष्ट हुन्छन् । कुनै कुनै अवस्थामा मात्र जलेर बाँकी भाग पृथ्वीको सतहसम्म आइपुग्छ ।
सन् २०१३ मा ५५ फिट व्यासको उल्कापिण्ड पृथ्वीको सतहको केहीमाथि विस्फोट हुदाँ रुसमा हजार मानिस घाइते भएका थिए ।
पृथ्वीको नजिक भएर जाने २००६ क्यूक्यू२३ जत्रो आकारको क्षुद्रग्रह यदी पृथ्वीमै आउने हो भने त्यसले एउटा सानो स्तरको देशमा क्षति पु¥याउन सक्छ ।
जोनसनका अनुसार त्यस्तो आकारको क्षुद्रग्रह पृथ्वीको सतहमा थोरै मात्र आएका छन् । त्यस्तो घटना दुई तीन सय वर्षमा एक पटक जसो हुने देखिको छ । र नासाले यस्ता हरेक जसो क्षुद्र ग्रहलाई पहिचान गरेर नष्ट गर्ने प्रविधि विकासतर्फ अघि बढी रहेको छ ।
जस्तो नासाले २००६ क्यूक्यू२३ क्षुद्रग्रहको सन् १९०१ देखि सन् २२०० सम्मको परिपथको तथ्याङ्क राखिसकेको छ ।
यदी कुनै ठूलो क्षुद्रग्रह पृथ्वीतर्फ आएमा नासाले अन्तरिक्ष अभियान संचालन गरेर त्यसलाई फरक बाटो मोड्ने योजना छ ।
फास्टले हालसम्म पहिचान भएका मध्य कुनै पनि क्षुद्रग्रह पृथ्वीतर्फ हानिएको नभए पनि अहिलेसम्म पहिचान नभएको कुनै क्षुद्रग्रह पृथ्वीतर्फ आउन सक्नेसम्भावनालाई भने नकार्न नसकिने बताइन् ।
‘हालसम्म हाम्रो निगरानीमा नआएको क्षुद्रग्रहको हामीलाई चिन्ता छ,’ फास्टले भनिन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १८ साउन २०७६, १९ : ०४
लेखकबाट थप