- गिरिराज न्यौपाने
भगवानका प्रथम अवतारदेखि छैटौं अवतारसम्मका कुरा छाडेर सातौं अवतारमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रले नै एक पति एक पत्नि र एक पत्नि एक पतिको मार्ग चित्र कोरिसक्नुभएको छ । फेरि कता आठौं अवतार भगवान श्रीकृष्णका पालामा एक द्रौपदीका पाँच पति र पाँच पाण्डवहरुका एक पत्नी द्रौपदी हुनु ! यिनै नबुझाईका कुरा हुन् र अपराध लाग्दो कुरा समेत हो । सतहमा दौडेका कुरा मात्र हुन् यी । माता द्रौपदीले हाम्रा नारीहरुका निमित्त मार्ग चित्र कोर्न आफैले शिवजीको तपस्या गरी कठोर ब्रतको पूर्ति पश्चात ‘पतिम देही, पतिम देही, पतिम देही, पतिम पतिम’ भनेर एक पतिका पाँच गुण हुन् भनेर मागी दिएकी थिईन । शिवजीले पनि द्रौपदीको आशय बुझेर नै ‘तथास्तु’ भन्नुभएको थियो ।
न त द्रौपदीले हामीले भन्ने गरेको जस्तो लोकरञ्जन कुरा नजानेर वा डराएर पाँच पति मागेकी थिइन न त शिवजीले नै पनि भुलेर बरदान दिनुभएको थियो । यस्तो मर्मस्पर्शी कुरालई बुझ्दै नबुझी पापलाग्दो कुरा भनेर नहिड्न सबैसँग अनुरोध छ । कि मलाई बुझाई दिनु प¥यो । द्रौपदीले त केवल हाम्रा नारीहरुका निमित्त युधिष्ठिर महाराजा जस्ता धर्मात्मा एवम् सत्यवादी गुण भएको पति, भिनसेन जस्ता बलिया बहादुर प्रतापी गुण भएको पति, अर्जुन जस्ता भगवानलाई साथी बनाएर मुक्तिका लागि गीता सुन्ने गुण भएको पति, नहकुल जस्ता खेतिपाती उद्योगधन्दा गर्न सक्ने गुण भएको र सहदेव जस्ता औषधि वैद्य ज्ञान विज्ञान जानेको गुणी र ज्ञानि पति पाउन भनेकी थिइन् । त्यही कुरा बुझेर शिवजीले बरदान दिनुभएको हो ।
मान्छेले बनाएकै कुरा झुठा हुँदैनन् । भगवानले बनाएको कानुन विलकुल झुटा होइन । आपराधिक व्याख्यामा मात्र फरक पर्न गएको हो । गुरुहरुसँग सोधेर यो कुरो जानेर बस्ने गरौं । गुरु चिन्न सकिदैन भने सबैका घटघट बासी नारदजीलाई सोधे बताइदिनुहुन्छ । त्यस्तै अर्को प्रसड्डमा पाँच पाण्डवका एक पत्नि हुन भन्ने गरिएको कुतर्कले समाजमा घटेका यि कुरासँग सम्बन्धित विकृति र विसड्डतीका घटनालाई यहाँ जोड पु¥याउन तथा ‘एक भाई कृष्णजीसँग १६ हजार गोपिनी भुलेका’ भन्ने जस्ता अतिरञ्जित कुरा गरेर समाजलाई नै भ्रमित र दुषित बनाउनु यो कहाँसम्मको आपराधिक कर्म हो ? यहाँ भगवान कृष्णका १६ हजार भनियो । नन्द ग्राममा त्यति भए । तर संसारमा कति छन् ति सबै भगवानकै हुन् ।
आफू अनुकूल बनाएर मज्जा उडाउन भन्ने गरेको कुनैदिन नारदले श्रीकृष्णसँग तपाईका १६ हजार मेरा एउटी पनि छैनन् । ‘एउटी मैले पनि पाऊँ’ भने रे । जवाफमा भगवानले म नभएको कोठाको एउटी रोजेर लैजाऊ भन्नुभयो रे । नारदजी खोज्न गए रे । तर पाएनन् रे, भनिएको छ । अनि पाउनु पनि कसरी र ? यावत जिवात्मा किट, पतड्डदी स्थावर जड्डमादिका कसका भाले पोथी छैनन् ? वा स्त्री पुरुष छैनन् ? फेरि कुन जिवात्मामा परमेश्वरको अंश छैन र ? गीता १५ को ७ ले ‘मामै वाशोंजीव लोके जीव भूतः सनातन’ भनेको छ । अर्थात् लोकका सबै जिवात्मा मेरै अंशले बनेको हुन् । अतः सबै कोठामा परमेश्वरका अंश जीवात्मा लिएर बसेका भए तिनै हुन् प्रत्येक कोठामा खाली नभइकन भगवान श्रीकृष्ण देखिनुभएको भनेको ।
ज्ञानी नारदले खालि नदेखिएको भनेको । हामी जस्ता मुर्ख पण्डितहरुले खाली हुनसक्ने देखेको त्यही हो । ज्ञानी नारदले खाली दुख्नुभएन । यस्तै मर्मस्पर्शी कुराहरुलाई नबुझेर सतहमा दौडेर अतिरञ्जित बनाएर शास्त्र मर्यादालाई नाघेर पापलाग्दो कुरा गरेर नहिड्न अनुरोध गर्दै मलाई पनि यस्तै कुराहरु सिकाइ दिनुहुन पाठक वर्गहरुसँग सविनय अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस