काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव भएको झण्डै दुई वर्ष पुग्न लागिसक्यो । तर प्रतिपक्षी कांग्रेसमा अझै चुनाबको हारको जिम्मा नेतृत्वले लिने÷नलिने बहस अझै टुंग्गिएको छैन । पार्टीको जारी केन्द्रीय समिति बैठकमा पनि यो बहस संस्थापन पक्ष र संस्थापन इतर पक्षका बीचमा आरोप÷प्रत्यारोपका रुपमा उठेको पार्टीका एक केन्द्रीय सदस्यले बताए ।
पार्टी बैठकमा संस्थापन पक्षका नेताहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग हारेको चुनावको पीडा अझै पचाउन नसकेको भन्दै पौडेल लगायत नेताहरुले सभापतिको राजीनामा माग्न इस्यु पर्खेर बसेको टिप्प्णी गरेका थिए ।
सभापति देउवा निकट नेताहरुले योजनाबद्ध रुपमा त्यस्तो आरोप लगाउन थालेपछि हिजो मंगलबार बैठकमा आफ्नो धारणा राखेका नेता पौडेलले आफुले सभापतिको राजीनामा भन्दा पार्टी चुनावमा हारेको नैतिक जिम्मा लिन मात्र भनेको भन्दै प्रतिवाद गरेको एक सदस्यले बताए ।
वरिष्ठ नेता पौडेलको भनाई उदधृत गदै ति नेताले भने, –‘पौडेलले आक्रामक रुपमै पार्टी हारको जिम्मा सभापतिले लिनुपर्दैन भन्दै प्रश्न गर्नुभयो । तर आफुले सभापतिले राजीनामा नै दिनुपर्छ भनेर माग नगरेको बताउनुभएको थियो ।’
पौडेलले छिमेकी भारतको चुनावमा पराजित भएपछि कांग्रेस आईका अध्यक्षले नैतिक जिम्मेवारी लिएर पार्टी लाई अगाडी बढाउने सोच देखाएको उदाहरण दिँदै सभापति देउवाले भने अहंम मात्र देखाएको आरोप पनि लगाउन भ्याए ।
‘मैले शेरबहादुरजीको राजीनामा मागेको होइन । राजीनामा अरुले मागेका हुन्, मलाई नचाहिने आरोप लगाइरहने ?,’ पौडेलको भनाई उदधृत गदै ति केन्दीय सदस्यले भने, –‘ भारतमा राहुल गान्धीले पनि त पार्टी हारेपछि राजीनामा दिए, हारको जिम्मा लिए । पार्टीमा अर्को अध्यक्ष बन्नुपर्छ भने । पार्टीलाई माथि लैजाने सोचे । तर हाम्रा सभापति मैमत्ता झै हारको नैतिक जिम्मेबारी पनि लिन तयार हुनुभएन । यो नैतिक विषय हो ।’
आफुले पार्टी हारको जिम्मा लिन आग्रह गर्दा पार्टीभित्र आफुलाई जहिल्यै भाग खोजेको आरोप संस्थापन पक्षले लगाएको भन्दै पौडेलले त्यसको पनि प्रतिवाद गरेका थिए ।
‘मलाई भाग खोज्यो भन्छन् । मैले त भेटेरै भनेको हुँ, मलाई ४० प्रतिशत चाहिएन भनेर,’पौडेलले बैठकमा भनेका थिए ।
पौडेलले भाग नखोजेको बताएपनि उनले जहिल्यै भागबन्डामा कांग्रेस भित्रको विवादमा सहमति जनाउँदै आएका छन् ।
गन्छेदारले मागे आफनो भाग
फोरम लोकतान्त्रिक विघटन गदै कांग्रेससँग पार्टी एकतामा आएका उपसभापति विजयकुमार गच्छदारले भने जारी बैठकमा आफ्नो पार्टी भाग खोजेको एक सदस्यले बताए । उनले काग्रेस पार्टीमा आउँदा आफु एक्लो नआएको भन्दै आफुसँग आएका नेता कार्यकर्ताको ब्यवस्थापन खोई ? भन्दै सभापति देउवासँग प्रश्न गरेका थिए ।
‘सम्झौता बोलीमा गरेको होइन, कागजमा हस्ताक्षर गरेरै गरिएको हो । म माग्ने भिखारी भएर आएको होइन, कागजमा भएको सम्झौता कार्यान्वयनको कुरा उठाएको हो । मेरो भाग खोई ? म सँगै आएकाहरुको मान्छेहरुको ब्यवस्थापन नै नगरी अन्तरिम संरचना बनाउने कुरा मलाई मन्जुर छैन,’गच्छेदारको भनाई थियो ।
वैठकमा कांग्रेस सभापति देउवालाई दबाब बढाउन संस्थापन इतर पक्षले पूर्व तयारी समेत गर्दै केन्द्रीय समिति बैठकमा जान थालेको छ । मंगलबारको बैठक अगाडी देउवामाथी महाधिवेशनको क्यालेन्डर बनाउन दबाब बढाउने उदेश्यले कांग्रेस नेता प्रकाशमान सिंहको निवास ठमेल चाक्सीबारीमा कांग्रेस संस्थापन इतर पक्षका नेताहरुको बैठक समेत बसेको थियो ।
त्यो बैठकमा नेताहरुले सभापतिलाई जति गलाउन सकिन्छ, यो यही बेला भएको भन्दै महाधिवेशनको मिति यही बैठकबाट गराई छोड्न दबाब बढाउने निष्र्कष निकालेका थिए । सभापति देउवामाथी महाधिवेशन मिति तोक्न दबाब परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ साउन २०७६, ०७ : ३२
लेखकबाट थप