कांग्रेसमा पनि उस्तै बेहाल : अन्तरिम संरचना गठनमै अलमल

सत्तारुढ दल नेकपा मात्रै होइन, प्रतिपक्षी कांग्रेसमा पनि आन्तरिक संगठनमा विवाद चर्कियो

सफल खबर संवाददाता

मंगलबार, १४ साउन २०७६, ०८ : ३५
कांग्रेसमा पनि उस्तै बेहाल : अन्तरिम संरचना गठनमै अलमल

काठमाडौं । सत्तारुढ दल नेकपामा स्कुल विभागमा कार्यविभाजन अड्किए जस्तै प्रतिपक्षी कांग्रेसमा भने अन्तरिम संरचना गठनमै अलमल भएको छ ।

अन्तरिम संरचना गठन कसरी गर्ने भन्नेमै पार्टीका नेताहरुका बीचमा मत मिल्न नसक्दा काग्रेसको अन्तरिम संरचना गठन अनिश्चित बनेको हो । उसले सोमबारको बैठकबाट पनि यो विषयमा कुनै ठोस धारणा बनाउन सकेन । काग्रेस बैठकमा विभिन्न १४ एजेण्डामा केन्द्रीत रहेर छलफल भईरहेको छ ।

पार्टी नियमावली संसोधन सम्बन्धी मस्यौदामा समेत कांग्रेसभित्र विवाद छ । पार्टीको चौधौं महाधिवेशनको क्यालेन्डर बनाएर मात्र अन्तरिम संरचना कसरी बनाउने भन्ने तिर जाने की सिर्धै संरचना निर्माणको विधानको व्यवस्थालाई निलम्बन गरेर महाधिवेशनमा जाने भन्नेमा नेताहरुका बीचमा मतक्यैता हुन सकेको छैन ।

केन्द्रीय सदस्य मिनेन्द्र रिजालले विद्यानमा अन्तरिम संरचनाका विषयमा उल्लेखित प्रावधानलाई निलम्बन गरेर जाने प्रस्ताव राखेका थिए । अन्तरिम संरचना निर्माण नगरी महाधिवेशनमा जान नसकिने प्रावधान कांग्रेसमा भएपछि रिजालले त्यस्तो प्रस्ताव राखेका हुन् ।

नियमित महाधिवेशनमा गएको भए काग्रेसले आगामी फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्दथ्यो । तर अब उक्त समयमा महाधिवेशन सम्पन्न नहुनेमा संस्थापन देखि संस्थापन इतर समुहका नेताहरु पनि एक देखिइसकेका छन् । मात्र महाधिवेशन कहिले गर्ने र अहिलेको कार्य समितिको कार्यकाल कति समय थप गर्ने भन्नेमा नेताहरुका बीचमा सहमति बन्न सकिरहेको छैन । त्यही कारण पनि अन्तरिम संरचना गठन प्रक्रिया अनिश्चित बन्न पुगेको काग्रेस नेताहरुको भनाई छ ।

सोमवार सम्म यो विषयमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएको छ । आजबाट पदाधिकारीले बोल्ने क्रम शुरु हुनेछ । पदाधिकारीले आफनो धारणा राखेपछि अन्तरिम संरचना गठनका विषयमा निर्वाचनमा जाने या सहमतिमा गठन गर्ने भन्ने निक्यौल कांग्रेसले लगाउने नेताहरुको भनाई छ ।

सस्थापन पक्ष तल्लो तहको अन्तरिम संरचना सहमतिका आधारमा गठन गरेर जानुपर्ने पक्षमा देखिएको छ । तर संस्थापन इतरका बहुमत पक्षले भने निर्वाचनलाई जोड गरिरहेको छ ।

संस्थापनले पहिले अन्तरिम संरचना बनाएपछि मात्र महाधिवेशनको कार्यतालिका बनाउन सकिनेमा जोड गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस