‘राम्रो काममा काङ्ग्रेसको सहयोग रहने’

शनिबार, ११ साउन २०७६, १८ : ०१
‘राम्रो काममा काङ्ग्रेसको सहयोग रहने’

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको राम्रो काममा काङ्ग्रेसको सहयोग रहने बताउनुभएको छ ।  
गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आज आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान तथा विद्यालय पोशाक वितरण समारोह’मा उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको सरकारले समृद्धि ल्याउन नसकेको आरोप लगाउनुभयो ।  
पूर्वउपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले सरकार आरोप प्रत्यारोपमा लाग्नुभन्दा पनि काम गरेर जनतालाई विश्वासमा लिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वगर्भनर हिमालय शम्शेर जबराको सहयोगमा विद्यालयमा उपलब्ध गराइएको पोशाक वितरण गरिएको थियो । (रासस)
 

प्रतिक्रिया दिनुहोस