बुद्धि बंगारो आफैं खुस्कियो : प्रधानमन्त्री ओली

शनिबार, ११ साउन २०७६, १४ : ३६
बुद्धि बंगारो आफैं खुस्कियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै आफ्नो बुद्धि बंगारा खुस्किएको खुलासा गरेका छन् । बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो भने ६७ वर्षको उमेरमा नै बुद्धि बंगारा फुस्किएर अशक्त भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘म ६७ वर्षको हुनलागे । हिजो बेलुका मेरो माथिल्लो पट्टीको बुद्धि बंगारो आफैं खुस्कियो । छामेर हेरेँ, जरा पनि छैन, रगत पनि आएन । कति अशक्त भएको रहेछ ।’

अशक्त भएर नआउने खोजेको तर कार्यक्रममा आएर लामो बोलेपछि नक्कली विरामी रहेछ भन्न सक्ने भएकाले आफ्नो समस्या सुनाएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘यो अस्थायी बिरामी हो, नक्कली चाहिँ होइन ।’

प्रतिक्रिया दिनुहोस