मुटु रोगी युवाको उपचारमा सहयोगका लागि आग्रह

शुक्रबार, १० साउन २०७६, १२ : २६
मुटु रोगी युवाको उपचारमा सहयोगका लागि आग्रह

बलेवा । मुटुको मध्यभागमा प्वाल परेर काठमाडौँस्थित ‘मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचार गराइरहेका बागलुङका एक युवालाई खर्च अभाव भएको छ । निसीखोला गाउँपालिका–४ झिवाखोलाका १९ वर्षीय श्यामलाल रेग्मी (वसन्त) लाई उपचार खर्च अभाव भएको हो । 

रेग्मीको मुटुमा प्वाल ९ब्क्इ ऋयिकगचभ० परेपछि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । मध्यम परिवारका रेग्मीले मुटुको समस्या पत्ता लगाउनै आफूसँग रहेको रकम सकिएको भन्दै सहयोगको याचना गर्नुभएको छ । गत जेठ १२ गते मुटु दुखेपछि जाँचका लागि उहाँ उक्त अस्पताल पुग्नुभएको थियो ।

मुटुको बीच भागमा प्वाल रहेकाले त्यसको शल्यक्रियाका लागि रु छ लाख लाग्ने चिकित्सकले बताएका छन् । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले लाखौँ खर्चेर शल्यक्रिया गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । परिवारमा आम्दानीको स्रोतसमेत नभएकाले उहाँले स्वेच्छिक सहयोगका लागि याचना गर्नुभएको हो ।
 
रेग्मीको भदौ पहिलो साता मुटुको शल्यक्रियाको समय अस्पतालले तोकेको छ । रेग्मीको उपचारका लागि निसीखोला गाउँपालिकाले समेत आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गर्दै सिफारिस उपलब्ध गराएको छ भने स्थानीय युवाले आर्थिक सङ्कलन अभियान चलाएका छन् । आर्थिक सहयोग गर्न चाहने सहयोगी दाताले श्यामलाल रेग्मीको नबिल बैंकको खाता नं ५३१००१७५०१७५७ र प्रभु बैंक निसीखोला शाखामा १६९१०७०१३१७०४६०००००१ तथा सम्पर्क नं ९८६७८६९७०३ र ९८२१३१९९३६ मा सम्पर्क गरी सहयोग गर्न परिवारले आग्रह गरेको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस