चितवनको माडीमा यात्रुबस फँस्यो बाढीमा

यात्रुरहित बसका चालक र सहचालकको सकुशल उद्धार

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १५ : १७
चितवनको माडीमा यात्रुबस फँस्यो बाढीमा

माडी । बुधबार बिहानैदेखिको अविरल वर्षाको कारण चितवनको माडीमा यात्रुवाहक खाली बस बाढीमा फँसेको छ । बसका चालक र सहचालकको सकुशल उद्धार गरिएको छ ।
माडी नगरपालिका ६ बादरमुढे खोलामा आज करिव १२:३० को समयमा ना ४ ख ६३५९ नम्वरको यात्रुवाहक खाली बस बाढीमा फसेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । 
बाढीमा फसेको बसलाई २ वटा जेसिभिले बाढीवाट वाहिर निकाल्ने प्रयास भईरहेको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायव निरीक्षक उमेश कोईरालाले जानकारी दिनुभयो । सवारी साधनमा चालक र सहचालक रहेको र कुनै पनि यात्रु नरहेको जनाइएको छ । 
हिजो साझँदेखी माडी नगरपालिका क्षेत्रमा अविरल वर्षाका कारण यातायात समेत सञ्चालन भईरहेको छैन भने जनजीवन समेत प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस