योगेशले सारे कार्यविभाजनका ५ सूत्र

सफल खबर संवाददाता

बुधबार, ०८ साउन २०७६, १० : ५९
योगेशले सारे कार्यविभाजनका ५ सूत्र

काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य योगशे भटटराईले नेताहरुको कार्यविभाजनका ५ सूत्र सार्वजनिक गरेका छन् । उनले विहानै सामाजिक सन्जालमार्फत त्यस्तो सूत्र सार्वजनिक गरेका हुन् ।

पार्टीभित्र महत्वपूर्ण विभागमा शीर्ष नेताहरुकै हानथाप परेपछि उनले त्यस्तो सूत्र अगाडी सारेका हुन् । भट्टराइले योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिनुपर्ने, कुनैपनि व्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवारी दिन नहुने, एकएक वर्षमा जिम्मेवारी हेरफेर गर्नुपर्ने लगायतका ५ बिषयमा नेतृत्वलाई सुझाव दिएका हुन् ।

भटटराईले सारेका सुत्रहरु यसप्रकार छन् :
१. कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊ ।

२. कुनै पनि ब्यक्तिलाई स्थायी रुपमा कुनै जिम्मेवरी नदिऊ । हरेक एक बर्षमा सबैको जिम्मेवारी हेरफेर गरौ ।

३. पार्टीमा भूगोल, बिभाग र फांट गरी कामका तीन क्षेत्र छन । रोटेसनका आधारमा एउटा ब्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिऊ ।

४. प्रत्येक ब्यक्तिको कार्य मुल्याङ्कनलाई बैज्ञानीक प्रणालीका आधारमा पारदर्शी बनाऊ । हरेक बर्ष ब्यक्तिको मुल्याङ्कन प्रतिबेदन सार्वजनिक गरौ । त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारीपाटी बसालौं ।

५. कुनै पनि ब्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रुपमा दिएको होईन भन्ने कुरा बुझौ र बुझाऔँ ।

प्रतिक्रिया दिनुहोस