असारमा १२१ महिला हिंसाका घटना

मंगलबार, ०७ साउन २०७६, १८ : ०८
असारमा १२१ महिला हिंसाका घटना

काठमाडौँ । मुलुकभर असारमा १२१ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घट्ना भएको तथ्याङ्क अभिलेखीकरण गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज असारको मासिक प्रतिवेदन सार्वजनिक गर्दै यस अवधिमा ५७  घरेलु हिंसा, २७ बलात्कार र १४ सामाजिक हिंसाका घटना भएको जनाएको छ । 

त्यस्तै १० हत्या, छ यौनदुव्र्यवहार, तीन बलात्कारको प्रयास, दुई मानव बेचविखन, एक लैङ्गिक विभेदका कारणले आत्महत्याको प्रयास र एक अनलाइनमार्फत हिंसा भएको तथ्याङ्क सङ्कलन गरिएको छ । उमेरका आधारमा हेर्दा सबैभन्दा धेरै ३७ जना १७ देखि २५ वर्ष उमेर समूहका, ३२ जना २६ देखि ३५ वर्ष उमेर समूहका, २९ जना १६ वर्षभन्दा कम उमेरका र  १० जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिला हिंसाबाट प्रभावित रहेका देखिएका छन् । 

प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी ४८ हिंसा श्रीमान्बाट भएका, २१ छिमेकीबाट र १९ परिवारका सदस्यबाट भएका पाइएको आरेकले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस