नेकपाका २८८ केन्द्रीय नेताले पाए जिम्मेवारी, अझै १५३ नेता जिम्मेवारी विहिन

पार्टी अध्यक्ष, महासचिव, प्रवक्ता सहित प्रदेश पदाधिकारीमा २८, जिल्ला अध्यक्ष, सचिवमा १०, जनवर्गीय संगठनमा ११ र जिल्ला इन्चार्ज, सहइन्चार्जमा २३५ केन्द्रीय सदस्यले पाए जिम्मेवारी

सफल खबर संवाददाता

सोमबार, ०६ साउन २०७६, ०७ : ४१
नेकपाका २८८ केन्द्रीय नेताले पाए जिम्मेवारी, अझै १५३ नेता जिम्मेवारी विहिन

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपाले पार्टी केन्द्रीय समितिका २८८ जना केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाएको छ । पार्टी एक्ताको १४ महिनासम्म अध्यक्षद्दय, महासचिवले मात्र पार्टी कामको जिम्मा पाएपनि अन्य नेताहरु वेरोजगार थिए ।

लामो समयसम्म पार्टी कामको जिम्मा पाउन नसक्दा नेकपा नेताहरु पार्टी केन्द्रीय सदस्य भए÷नभएको अवस्थामा थिए । तर आइतबार भूगोलका ७७ र महानगरका ६ ओटाको इन्चार्ज, सहइन्चार्ज तोकिएपछि भने  पार्टीका झण्डै दुई तिहाई नेताले पार्टी कामको जिम्मेवारी पाएका छन् ।

कुल अहिलेसम्म अध्यक्ष, महासचिव, प्रवक्ता, प्रदेश पदाधिकारी, जनवर्गीय संगठनका अध्यक्ष, जिल्लाका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवमा गरी कुल २८८ नेताहरुले पार्टी जिम्मेवारी पाएका छन् । अझै नेकपाका १५३ नेताहरुको पार्टी जिम्मेवारी ठोस भएको छैन ।

अव मंगलवार वस्ने पार्टी सचिवालय वैठकले केन्द्रीय विभाग, आयोग , सल्लाहकार परिषद लगायतका संरचनाको टुंगो लगाउँदा वाकी नेताहरुले कामको जिम्मेवारी पाउने छन् ।

अहिलेसम्म प्रदेश पदाधिकारीमा २८ जना, जिल्ला अध्यक्ष, सचिवमा १० जना, जनवर्गीय संगठनमा ११  जना नेताले जिम्मेवारी पाएका थिए ।

हिजो आइतबारवाट थप २३५ जना जिल्ला नेताले जिल्ला इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।  यो सहित कुल २८४ नेताले पार्टी जिम्मेवारी पाएका हुन् । अध्यक्षद्दय केपी ओली र प्रचण्ड, महासचिव विष्णु पौडेल पार्टीको कार्यकारी भूमिकामै छन् । उनीहरुलाई अन्य जिम्मेवारी नदिने नेकपाको तयारी छ । आफै पार्टीको कार्यकारी पद भएकोले अन्य जिम्मेवारी आवश्यक छैन्, आफै कार्यकारी भूमिकामा हुनेछन् । विधानमा प्रवक्ता पनि पदाधिकारीको रुपमा रहेकोले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि पदीय जिम्मेवारी कै रुपमा लिन सकिन्छ ।

महिला युवा, मजदुर, जनजाति, भूमिहिन सुकुम्वासी, पत्रकार, दलित, मुस्लिम जनसास्कृतिक महासंघ लगायतको जनवर्गीय संगठनको नेतृत्वमा केन्द्य्रीय सदस्यले जिम्मा पाएका छन् । यो संख्या १२ जना छन् । त्यसमध्येका भूमिहिन सुकुम्वासीको नेतृत्व पाएका रामप्रित पासवानले सप्तरी जिल्लाको पनि इन्चार्जको जिम्मेवारी पाएका छन् ।

समावेशीतामा यस्तो छ अवस्था
८३ जिल्ला इन्चार्जमा ३३ प्रतिशत हिस्सा नेकपाको जिल्ला इन्चार्ज सहइन्चार्ज तोकिदा सम्वोधन हुन सकेको छैन । जम्मा १०) जना महिलाले मात्र जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । मधेशी समुदायबाट चारजनाले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । मुस्लिम समुदायवाट एकजना मात्रै जिल्ला इन्चार्ज भएका छन् । दलितमा पनि एक जनाले मात्र जिल्ला इन्चार्जको नेतृत्व पाएका छन् ।  नेकपामा ५९ जना खसआर्य (बाहुन–क्षेत्री) समुदायबाट जिल्ला इन्चार्ज हुन सफल भएका छन् ।

तीमध्ये ६ वटा महानगरपालिकासहित १७ जिल्लामा इन्चार्जमात्रै छन भने सात जिल्लामा आधा दर्जन बढी सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।


 

प्रतिक्रिया दिनुहोस