मुलुकमा राजनितिक अस्थिरता चाहने शक्ति सक्रिय : प्रचण्ड

सोमबार, १५ माघ २०७४, १२ : २५
मुलुकमा राजनितिक अस्थिरता चाहने शक्ति सक्रिय : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले कामचलाउको हैसियतमा महत्वपूर्ण निर्णय गरेको तथा वाम गठबन्धन भत्काउन अनेकन् प्रयास भइरहेको बेला प्रचण्डले यस्तो बताएका हुन् ।

प्रेस सेन्टरको १४ औ स्थापना दिवसको सन्र्दभमा महिला विभागले सोमबार काठमाण्डौमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले मुलुक आर्थिक विकासतिर नभई अराजकताको भुमरिमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको समेत बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउने मान्छेहरु मुलुकमा राजनितिक अस्थिरता कामयै रहोस् भन्ने कामनाका साथ सक्रिय रहेको उनको भनाई थियो । त्यही शक्ति विरुद्ध एकजुट भई मुलुकलाई अस्थिरताको भुमरिबाट बाहिर ल्याई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, बामगठबन्धन र साझा उम्मेदवारका साथ प्रदेश र संघको निर्वाचनमा लागेको पनि उनले स्पष्ट पारे ।

अध्यक्ष दाहालले मुलुकलाई विकास र आर्थिक सम्वृद्धितर्फ अघि बढाउने आफूहरुको निष्कर्ष र पहललाई जनताले निकै उत्साहका साथ अनुमोदन गरा एकाले अब सापेक्षिक रुपमा मुलुक राजनितिक स्थायित्व र शुसासन तर्फ अघि बढ्ने बताए ।यद्यपि त्यसका लागि जनमत श्रृजना गर्नु जरुरी भएको भन्दै उनले जनमत निर्माण गर्ने विषयमा पत्रकारिताको भुमिका महत्वपुर्ण हुने बताए ।

प्रचण्डले पत्रकारीता क्षेत्रमा ठूलो परीवर्तन भएपनि जनपक्षीय पत्रकारीतामा विकास नभएको टिप्पणी गरे । परिवर्तनलाई संस्थागत गर्न कलम (पत्रकार) को ठूलो भूमिका हुने गरेको उल्लेख गर्दै उनले युद्धकालमा  कलम र बन्दुक दुवै मोर्चाले काम गरेको तर अब कलमको मोर्चाले मात्र परीवर्तनलाई संस्थागत गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस