नेतृ बनिन् केकी

आइतबार, १४ माघ २०७४, १४ : ०१
नेतृ बनिन् केकी

काठमाडौं । चलचित्र अभिनय र म्युजिक भिडियोमा ब्यस्त अभिनेत्री केकी अधिकारी नेतृ बनेकी छन् । उनी रियल लाइफमा नभएर रिल लाइफमा नेतृ बनेकी हुन् ।

चलचित्र ‘गाउँकी छोरी’मा उनलाई नेतृको रुपमा देख्न सकिन्छ । अहिले युट्युवबाट सार्वजनिक सामाजिक बिषयमा निर्माण भएको यो चलचित्रमा केकी गाउँपालिका अध्यक्ष समेत बनेकी छिन् ।

‘स्थानिय सरकारले गाउँमा ल्याउन सक्ने परिर्वतनलाई बिषय बनाइएको चलचित्रमा पढ्नका लागि शहर पसेकी केकी आफ्नो गाउँको सेवा गर्न राजनीतिमा प्रवेश गर्छिन् । स्थानिय निर्वाचनमा परिचित नेतालाई हराउँदै उनी विजय हुन्छिन् र गाउँको सेवा गर्छिन् ’ चलचित्रको कथा यस्तै यस्तै रहेको निर्देशक सरोज वलीले बताए ।

नेपाल टेलिभिजनबाट समेत प्रसारणमा आएको चलचित्र ‘गाउँकी छोरी’को निर्देशन दिपक आचार्य र सरोज ओलीले मिलेर गरेका हुन् ।

अभिमन्यु निरवीको लेखन रहेको चलचित्रमा केकीसँगै गौरव पहारी, रवि गिरी, सुरविर पण्डित, पल्पसा डंगोल, रमा थपलिया, शारदा गिरी, मुकुन्द आचार्य, शिव गाउँले, विष्णु बुढाथोकी लगायतको समेत अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस