काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका नदीहरुमा जलको वहाव बढेका छ । जल तथा मौसम पूर्वानमान महाशाखाले गएरातिबाट मुलुभर भारी वर्षा भएको बताएको छ । देशभर मनसुनी वर्षा जारी रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।
पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले आज दिनभर देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
त्यसैगरी महाशाखाले शनिबार भोलि देशका अधिकांश भू–भागमा बदली रहने जनाएको छ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । शनिबार राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली तथा पूर्वी र मध्यका अधिकांश भूभागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
यसैबीच लगातारको वर्षाले बाजुरामा बुढीगंगा नदीमा पहिरो खस्दा ताल बनेको छ । पहिरोले नदी थुनिएपछि पैमाको बस्ती जोखिममा परेको छ। नदी थुनिँदै गएपछि बुढीगंगा नगरपालिका–१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने अवस्था आएको स्थानीय प्रशासनले जनाएको छ ।
जोखिम बढेपछि नेपाली सेना र प्रहरीलाई त्यसतर्फ खटाइएको छ। नदी थुनिएको खतरासँगै नजिकै रहेको खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन्। नदी थुनिएकाले अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०७६, ०७ : ३५
लेखकबाट थप