काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपाका बरिष्ठ नेता माधव नेपालले राजनीतिक भेटघाट तिव्र बनाएका छन् ।
उनी निकट केन्द्रीय सदस्य तथा पत्रकार विष्णु रिजालका अनुसार, नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन नेपाल कोलम्बो पुगेका थिए ।
विहीबार बरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरल वीचमा भेटघाट भएको थियो ।
भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।
लामो समय द्वन्द्व भोगेका दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा समेत चर्चा गरेका थिए ।
भेटघाटमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थान गर्नुभएका बरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०७६, ०७ : २८
लेखकबाट थप