काठमाडौँ । संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
पूर्वमन्त्री कल्पना धमलासहित, तत्कालिन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत ठमेलका केही व्यवसायी र गोरखाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।
धुम्बराहीस्थित नेकपा पार्टी कार्यालयमा औपचारिक कार्यक्रमबीच नेताहरुलाई पार्टी प्रवेश गराइएको हो ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उनीहरु पार्टी प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०७६, १३ : ११
लेखकबाट थप