देउवालाई गृह जिल्लाकै पार्टी मिलाउन हम्मे

डडेलधुराको भगिनी संगठन महिला संघमा चर्काे लफडा, गुटगत भेला तिव्र

सफल खबर संवाददाता

शुक्रबार, २० असार २०७६, ०९ : २९
देउवालाई गृह जिल्लाकै पार्टी मिलाउन हम्मे

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवालाई भातृ सस्थाभित्रको विवाद मिलाउन निक्कै हम्मे पर्न थालेको छ । नेविसघं, तरुण दल लगायत भातृ सस्थाको केन्द्रीय निकाय बनाउन सकसमा परेका देउवालाई अहिले आफ्नै गृहजिल्लाको एउटा विवादले तनावमा पारेको छ ।

प्रसंग हो – डडेलधुरा को महिला संगठनभित्रको विवादको ।

नेपाल महिला संघ डडेल्धुरामा दुई जना संयोजक देखिएपछि देउवा तनावमा परेका हुन् । नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष उमा रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तिमा कलापति बोहरालाई संयोजक तोकिएको पत्र सार्वजनिक भएपछि विवाद भएको छ । रेग्मीले संयोजक बनाईएकी कलापतिलाई काग्रेस डडेलधुरा जिल्ला संगठन समितिले अवैध भनिदिएपछि विवाद उत्र्कषमा पुगेको हो ।

नेपाल महिला संघ डडेल्धुराको संयोजक तोकिएको भनी लेटरप्याडको दुरुपयोग गरी सामाजिक संजालमा भ्रम फैलाएको भन्दै कांग्रेस डडेल्धुराले बिरोध जनाएको छ । बिहीबार नेपाली कांग्रेस डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै भातृ संगठन नेपाल महिला संघ डडेल्धुराको संगठनको विषयमा सामाजिक संजालका अर्नगल खबरप्रति ध्यानाकर्षण भएको बताएको छ ।

‘कांग्रेस केन्द्रीय कार्य समितिले गाउँ र वडा तहसम्म नै जागरणका कार्यक्रम संचालन गरी सम्पूर्ण भातृसंगठन चुस्तदुरुस्त पार्न र सबै कार्यकर्ताबीचमा नवीन ढंगको एकता कायम गरी वर्तमान अधिनायकवादी सरकारका विरुद्ध एकजुट भएर लड्न निर्देशन भएका बेला, नेपाली कांग्रेसको महत्वपूर्ण भागिनी संगठन नेपाल महिला संघ डडेल्धुरालाई खेलौना बनाउने प्रयास गरिएको छ,’ कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

केही दिन अघि नेपाल महिला संघ डडेल्धुराको संयोजकमा परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहरालाई तोकिएको भनि फरकफरक ‘लेटरप्याड’ तस्वीरसहित बधाइ समाजिक सन्जालमा आउन थालेपछि डडेलधुरा काग्रेसमा हल्लीखल्ली मच्चिएको हो ।

कांग्रेस डडेल्धुरा सभापति पक्षकी बिष्ट संयोजक रहेको समयमा पूर्व सभापती रघुवर भट्ट पक्षका परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराको नाम आएपछि अहिले डडेल्धुरामा दुई थरी गुटका अलग अलग बैठक बस्न थालेका छन् । यसबारे सभापति देउवाले मुख खोलिसकेका छैनन । स्रोतका अनुसार देउवा पत्नी आरजु राणा कलावती बोहरा नै संयोजक हुनु पर्ने पक्षमा धेरै अगाडी देखि देखिएकी थिइन् ।
 

प्रतिक्रिया दिनुहोस