अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु , ५ जना घाइते

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, १५ : ०६
अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु , ५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । कपिलबस्तुबाट अर्घाखाँचीको सन्धीखर्क जाँदै गरेको जिप अर्घाखाँचीको पर्यटकिय स्थल सुपादेउराली नजिकै दुर्घटनामा परेको हो ।

११ जना सवार लु १ ज १३२९ नम्बरको जिप विहीबार सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलकोबीचमापल्टिएर खोलामा पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । हालसम्म दुर्घटनाको कारण खुलिसकेको छैन ।
घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस