गण्डकी प्रदेश सांसद दीपक मनाङे नेकपामा प्रवेश

सफल खबर संवाददाता

विहीबार, १९ असार २०७६, ११ : ०२
गण्डकी प्रदेश सांसद दीपक मनाङे नेकपामा प्रवेश

काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपामा प्रवेश गरेका छन् । पोखरामा आज बिहान आयोजित एक कार्यक्रमका बिच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टीमा स्वागत गरेका हुन् । राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।

उनीहरुलाई बिहीबार बिहान टीका लगाइदिएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरे । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस