अन्ततः झुक्यो सरकार, आइफा अवार्ड नेपालमा नहुने

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १६ : २०
अन्ततः झुक्यो सरकार, आइफा अवार्ड नेपालमा नहुने

काठमाडौं । भारतीय फिल्म आइफा अवार्ड नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि आइफा अवार्ड गर्नबाट सरकार पछि हटेको छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार आइफा अवार्ड नेपालमा यो वर्ष नहुने भएको छ । जोशीले तत्काल सबै तयारी रोक्ने निष्कर्षमा पुगेको जानकारी दिए।

सरकारले असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त अवार्ड कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले ४४ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । तर आइफा अवार्डबारे चौतर्फी विरोध हुँदै आएको थियो । 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो।अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो।
 

प्रतिक्रिया दिनुहोस