फौजदारी अभियोग लागेका सांसद दीपक मनाङे नेकपा प्रवेश गर्ने

सफल खबर संवाददाता

बुधबार, १८ असार २०७६, १५ : ४९
फौजदारी अभियोग लागेका सांसद दीपक मनाङे नेकपा प्रवेश गर्ने

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।
बिहीबार मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । गुरुङ नेकपाबाट मुख्यमन्त्री बनेका हुन ।

दीपक मनाङे मनाङबाट प्रदेशसभा सांंसदमा स्वतन्त्र विजयी भएका थिए । स्वतन्त्रमा उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका हुन् । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

तर सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस