भारतीय समकक्षीलाई बधाई

शुक्रबार, १२ माघ २०७४, १५ : ५४
भारतीय समकक्षीलाई बधाई

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षीमा हार्दिक बधाई प्रकट गर्दै शुभकामना व्यक्त गरेका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द, उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका उपराष्ट्रपति बैंकया नायडू र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् ।  

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाले पठाएको बधाई सन्देशमा आफ्ना समकक्षीको सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् । उनीहरुले नेपाल र भारतबीचको सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस