करेण्ट लागेर एक युवकको मृत्यु

शुक्रबार, १२ माघ २०७४, १५ : ५३
करेण्ट लागेर एक युवकको मृत्यु

काठमाडौं । काठमाडौँको नागाजुर्न नगरपालिका २ तिनघरेमा घर ढलान गर्ने क्रममा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँमा बस्दै आएका सर्लाहीका २० वर्षीय जिवन तामाङ रहेका छन् ।

बिहीबार साँझ साढे ५ बजे स्थानीय सागर पौड्यालको घर ढलान गर्ने क्रममा ढलान मेसिनबाट तामाङलाई करेण्ट लागेको थियो ।
तामाङको उपचारका क्रममा साई बाबा मेमोरियल अस्पताल ढुङगेधारामा साँझ ६ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुले जनाको छ ।

प्रतिक्रिया दिनुहोस